|  

सारथि नेपाल लघुवित्तको खुद नाफा ५ करोड माथि,


साविकको नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्तबीच एक आपसमा मर्ज भएपश्चात बनेको सारथि नेपाल लघुवित्त वित्तीय संस्था (SNLB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । 

लघुवित्तले यस अवधिमा ५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको हो ।

यस अवधिमा लघुवित्तले खुद व्याज आम्दानी ७ करोड १४ लाख रुपैयाँले बढेर ११ करोड ६१ लाख रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ४ करोड ४७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको पुस समान्तसम्ममा लघुवित्तको खुद व्याज आम्दानी भने ३६ करोड २ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको यहि अवधिमा बैंकका यस्तो आम्दानी १ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा लघुवित्तले ७६ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब २५ करोड १९ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर ३ अर्ब ३० करोड ३८ लाख कर्जा लगानी गरेको छ ।

लघुवित्तको चुक्ता पूँजी २३ करोड ५३ लाख रुपैयाँ र जगेडा कोषमा १५ करोड ४७ लाख सञ्चित छ । लघुवित्तको खराब कर्जा अनुपात भने ०.२५ प्रतिशतबाट बढेर २.८६ प्रतिशत पुगेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ५० पैसा, प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ७४ पैसा र मुल्य आम्दानी अनुपात २५.७५ गुणा रहेको छ ।